मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ २८ शुक्रबार
  • Friday, 11 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २७ मंगलबार १७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनापछि उत्पन्न अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २७ मंगलबार १७:२७:००

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरू बढ्न सक्ने भन्दै तिनलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । 

भर्चुअल रूपमा आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बाेधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । 

उनले पछिल्लो समय लैंगिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन पनि निर्देशन दिए । 

उनले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत् राख्ने निर्णय भएको बताउँदै सीमानाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाइराख्न पनि आग्रह गरे । 

प्रहरी समायोजनसम्बन्धी प्रस्ताव पास भइसकेकोले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिटै प्रदेश प्रहरी गठन हुने विश्वास व्यक्त गरे । उनले दसैँ–तिहारजस्ता चाडपर्व नजिकएको भन्दै कालोबजारी र महँगी नियन्त्रणका लागि नियमित रूपमा बजार अनुगमन र कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । 

गृहमन्त्री थापाले चाडपर्वलक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।