Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २७ मंगलबार १५:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली–प्रचण्ड छलफल : कर्णाली प्रदेशमा अविश्वासको प्रस्तावको नेतृत्व गरिरहेका कँडेललाई फिर्ता हुन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २७ मंगलबार १५:४५:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको राजनीतिक खिचातानीलाई साम्य पार्न पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सक्रिय बनेका छन् । 

दुई अध्यक्षले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव राख्न नेतृत्व गरिरहेका सांसद यमलाल कँडेललाई उक्त अभियानबाट पछि हट्न निर्देशन दिएको स्रोतले जनाएको छ । 

ओली र दाहालबीच अहिले बालुवाटारमा छलफलसमेत जारी रहेको छ । यस छलफलमा नेकपाका महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी छन् ।

दुवै अध्यक्षले अविश्वास प्रस्तावकाे औचित्य नभएको र त्यसबाट फिर्ता हुन कँडेललाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । साथै कँडेल र मुख्यमन्त्री शाहीलाई थप छलफलका लागि काठमाडौं बोलाइएको छ । 

यसअघि अविश्वास प्रस्तावमा सहभागी भएका माधवकुमार नेपाल पक्षधर सांसदहरू उक्त प्रस्तावबाट पछि हटेर मुख्यमन्त्री शाहीसँग सम्झौता गरेपछि अविश्वास प्रस्तावको खेल लगभग निष्क्रिय भइसकेको थियो । 

अविश्वास पक्षधरले आज बोलाएको भेलासमेत प्रदेशमा हुन सकेको थिएन ।