मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज २७ मंगलबार ०७:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछामको साँफेबगरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते    

Read Time : < 1 मिनेट
२०७७ असोज २७ मंगलबार ०७:१४:००

अछामको साँफेबगर नगरपालिका– ७ रिडीकोटमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से.१त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।     

दुर्घटनामा परी ट्याक्टरमा सवार अन्य दुईजना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण नखुलेको प्रहरीले जनाएको छ ।