मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २५ आइतबार २२:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिनभर (आइतबार राति १० बजेसम्मका १० खबर)

Read Time : > 2 मिनेट
२०७७ असोज २५ आइतबार २२:००:००

नेपाल–भारत मुख्य नाकामा कडाइ, तर खुला सीमामा रोकिएन जोखिमपूर्ण लस्कर
कोरोना संक्रमण बढ्दै गएपछि नेपाल र भारतले सीमा सिल गरे । दुवै मुलुकमा संक्रमण दर तीव्र गतिमा उकालो लाग्दा अहिले पनि मुख्य सीमामा कडाइ जारी छ । तर, नेपालबाट भारतीय बजारमा किनमेल गर्न जाने तथा भारतबाट कामको खोजीमा नेपाल भित्रिनेहरू खुला सिमानाबाट बेरोकटोक आउजाउ गरिरहेकै छन् ।

सरकारले भन्यो– कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्छ
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव 
कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव प्रस्ताव ल्याएका छन् । मुख्यमन्त्री शाहीले संसदीय दल तथा सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका हुन् ।

डा. बाबुराम भट्टराईलाई कांग्रेसको चुनौती : बुढीगण्डकीमा भ्रष्टाचार भएको प्रमाण सार्वजनिक गर्नुस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत् परियोजनामा भ्रष्टाचार भएको प्रमाण सार्वजनिक गर्न चुनौती दिएको छ । कमिसनको चलखेलमा बुढीगण्डकी परियोजना अलपत्र पारिएको र त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवासमेतको संलग्नता रहेको भनी भट्टराईले दिएको अभिव्यक्तिलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै प्रमाण सार्वजनिक गर्न  चुनौती दिएको हो । समाजवादी पार्टीका नेता भट्टराईले गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी परियोजनामा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले मिलेर नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

यस्तो छ ट्राफिक प्रहरीको चाडपर्वलक्षित विशेष योजना
ट्राफिक प्रहरीले नजिकिँदै गरेको बडादसैँ, तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर योजना लागू गरेको हो ।

श्वासप्रश्वासमा समस्या नदेखिएका कोरोना संक्रमितमा न्युरोलोजिकल डिसअर्डरको जोखिम
हालसम्मको अध्ययनअनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी समस्या, ज्वरो, रुघाखोकी, मांसपेशी दुखाइजस्ता लक्षण देखिन्छन् । जुन कोभिड संक्रमणको प्रारम्भिक लक्षणका रूपमा स्थापित छ । तर, पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिए पनि कोरोना संक्रमण पुष्टि हुन थालेको छ । त्यस्ता कतिपय बिरामीमा न्युरोलोजिकल डिसअर्डरसम्बन्धी समस्या देखिएको छ । कोरोना भाइरसको प्रकृतिबारे पूर्ण रूपमा जानकारी नहुँदा नियन्त्रणमा कठिनाइ भइरहेको वेला नयाँ समस्या वा लक्षण देखिनुले वैज्ञानिकहरू चिन्तित बनेका छन् । 

कोरोना संक्रमित थप २२ जनाको निधन
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ पुरुष र पाँचजना महिलाको निधन भएको जनाएको छ । योसमेत हालसम्म संक्रमणबाट देशभर निधन हुनेको संख्या ६ सय ३६ पुगेको छ । 

काठमाडौं उपत्यकामा आवत–जावत गर्नेको दर बढ्दो
उपत्यकामा कोरोना भाइरस संक्रमण उच्चदरमा वृद्धि भइरहेको छ । पछिल्ला केही दिनयता उपत्यकाभित्र कोरोना संक्रमणको दर बढेसँगै सरकारले उपत्यकामा आवतजावत नगर्न  र दसैँमा पनि हिँडडुल नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 

भारतको कोठीमा युवती बेच्ने अभियुक्त ६ वर्षपछि समातिए
निम्न आर्थिक अवस्था भएकी एक किशोरीलाई जागिरको प्रलोभनमा भारतको कोठीमा लगेर बिक्री गर्ने अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेचम्ची नगरपालिका– २ घर भएका टाउटाउ तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गोकर्णेश्वरबाट शुक्रबार पक्राउ गरेको हो । 

बन्यो राप्रपाको जम्बो केन्द्रीय समिति, थपिए चार सय केन्द्रीय सदस्य
राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सय २७ सदस्यीय जम्बाे केन्द्रीय समिति बनाएको छ । संघीय संसदमा जम्मा एक सिट रहेको राप्रपा एकीकरणपछि जम्मा तीन सय २७ केन्द्रीय सदस्य रहेकोमा आइतबार चार सयजना थपिएका छन् ।