मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एपी
२०७७ असोज २५ आइतबार १४:५७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो 

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ असोज २५ आइतबार १४:५७:००

कोरोना भाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समयअनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कुल मृतकको आधारमा ब्राजिल संयुक्त राज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोनाले गर्न सक्ने क्षतिलाई बेवास्ता गरेको आरोप लागिरहेका वेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो । राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमलाई समेत बेवास्ता गर्दै ठुल्ठूला सभा आयोजना गरेका थिए । 

उनले गभर्नर र मेयरहरूले लकडाउन गर्न र कडा नियमहरू अगाडि सारे पनि अस्वीकार गरेका थिए । यहीबीच गत जुलाईमा उनी स्वयंलाई कोरोना संक्रमण भएको थियो । 
तर, पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ । एक–डेढ महिनाको अवधिमा संक्रमण दरमा कमी देखिएको हो । पछिल्लो सात दिनमा दैनिक पाँच सय ९८ जनाको मृत्यु भइरहे पनि मे महिनाको तुलनामा निकै कम हो ।