Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २५ आइतबार १२:२६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उखु किसानकाे पीडा : संसदीय समितिलाई बुझाइयो ज्ञापनपत्र, किसानको ४१ करोड रुपैयाँ दसैँअघि पाउनुपर्ने माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २५ आइतबार १२:२६:००

उखु उत्पादक संघले विभिन्न माग राख्दै संसद्को विकास तथा प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार सिंहदरबार पुगेर संघका प्रतिनिधिले दुई समितिका सभापतिहरूलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उखु किसानले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ दसैँअघि नै पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘उखु किसानले तत्काल पाउनुपर्ने रु. ४१ करोड रकम दसैँभन्दा अगाडि जसरी पनि पाउनुपर्दछ । उद्योगका श्रमिक कर्मचारीले पाँच महिनाको तलबभत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब चार करोड रुपैयाँ तथा अन्य सेवासुविधा दसैँअगाडि नै पाउनुपर्ने । उद्योग पुनः सञ्चालन हुनुपर्ने ।’

किसानले पाउनुपर्ने रकम ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख, ०७६/७७ को ५० लाख रहेको बताइएको छ ।

ज्ञापनपत्रमा उखु किसान र श्रमिक मजदुरका समस्या पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विपन्न उखु किसानको समस्या बढ्दै गएको र चाडपर्व मान्न समस्या भएको, छोराछोरीको पढाइलेखाइमा बाधा पुग्नुका साथै सुकुम्बासी बन्ने अवस्थामा पुग्न थालेको छ । उद्योगमा मात्र आश्रित निम्न वर्गका श्रमिक भोकभोकै मर्ने अवस्थामा पुगेका छन् ।’