मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस बाँके
२०७७ असोज २५ आइतबार ०८:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भेरी अस्पतालमा उपचाररत दुईको कोरोनाबाट मृत्यु, २० जना सिकिस्त

Read Time : < 1 मिनेट
रासस बाँके
२०७७ असोज २५ आइतबार ०८:३९:००

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ भने २० जना संक्रमित सिकिस्त अवस्थामा छन् । नेपालगन्ज उपमहानगरपालिका–१०  निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका– ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।    

उनका अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९:५५ बजे मृत्यु भएको हाे भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको हाे ।  श्वासप्रश्वासमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो ।

दुवैजनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए । 

योसहित बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० जना संक्रमित सिकिस्त अवस्थामा छन् ।