नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोग लागेका नेपाल प्रहरीका पूर्वडिएसपी अरुणकुमार शाह दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ माघमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । पटनाको बिडी इभिनिङ कलेजबाट स्नातक उत्तीर्ण गरेकाे प्रमाणपत्र पेस गरेर उनी इन्स्पेक्टरमा भर्ना भएका थिए । आयोगले उनीविरुद्ध उजुरी परेपछि छानबिन हुँदा उनले त्यहाँ पढ्दै नपढेको र नक्कली सर्टिफिकेट पेस गरेको पुष्टि भएको थियो । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले बुधबार उनलाई दोषी ठहर गरेको हो ।
असइलाई २० दिन कैद
त्यस्तै घुससहित पक्राउ परेका असइ पदमबहादुर कटवाल पनि दोषी ठहर भएका छन् । न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती, रवि शर्मा अर्यालको इजलासले उनलाई २० दिन कैद र सात हजार जरिवानाको फैसला गरेको हो ।
गत वर्ष असारमा उनी घुससहित रंगेहात पक्राउ परेका थिए । प्रहरी चौकी भोक्राहामा कार्यरत रहेको वेला वन कार्यालयबाट पक्राउ पुर्जी आएको भन्दै तर्साएर घुस लिएका थिए ।