१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २३ शुक्रबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरहरा पुनर्निर्माणको समय नौ महिना थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २३ शुक्रबार १७:१५:००

धरहराको निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २० असोज २०७७ भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ मा सम्झौता गरेको थियो । त्यसलगत्तै रमन कन्स्ट्रक्सनले २०७५ कात्तिकदेखि निर्माण सुरु गरेको थियो । 

कोभिड– १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न हुन नसकेको बताए । 

अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको उनले बताए । अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उनले बताए । जसमा चार सयवटा सानो गाडी र सात सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले बताए । कोभिड– १९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उनले बताए । थपिएको समयमा पनि पूर्ण रूपमा काम सक्न चुनौती रहेको उनले बताए । 

२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेका थिए । लकडाउनको वेला पनि २०–२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने दुई सय ५० जना कामदारमार्फत काम गरिरहेको जनाएको छ ।