मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २३ शुक्रबार १५:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुलेखानीले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने

Read Time : < 1 मिनेट
२०७७ असोज २३ शुक्रबार १५:०१:००

कुलेखानी जलविद्युत् आयोजनाले उपभोक्ताको माग र चाडबाडलाई मध्यनजर गर्दै पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भएको छ ।

नियमित उत्पादन हुँदै आएको एक सय ६ मेगावाटलाई पुनः निरन्तरता दिँदै पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने कुलेखानी प्रथम जलविद्युत् आयोजना प्रमुख धीरेन्द्र चौधरीले बताए ।

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ । ‘हामीले मौसम र विद्युत् प्राधिकरणको निर्देशअनुसार उत्पादनमा कटौती गर्ने गरेका छौँ,’ उनले भने, ‘अब भने, उपभोक्ताको माग र चाडपर्वलाई लक्षित गर्दै पूर्ण क्षमतामा उत्पादन हुनेछ ।’ 

विद्युत् प्राधिकरणको निर्देशन आएको र इन्द्रसरोवर जलाशयमा पर्याप्त पानी जम्मा भइसकेकोले पूर्ण क्षमतामा उत्पादन गर्न कुनै समस्या नरहेको प्रमुख चौधरीको भनाइ छ । इन्द्रसरोवर जलाशयमा बिहीबार दिउँसो ३ बजेसम्म एक हजार पाँच सय २६ दशमलव ५६ सेन्टिमिटर पानीको सतह रहेको उनले जानकारी दिए । 

करिब सात किलोमिटर क्षेत्रफलमा फैलिएको जलाशय भरिन पाँच मिटर उचाइको पानी आवश्यक हुने कुलेखानी जलविद्युत् नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले बताए ।