मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
एजेन्सी
२०७७ असोज २३ शुक्रबार १४:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विकसित देशमा श्रम शोषण : एक बेल्जियमी घुमन्तेको मृत्युमा एक अस्ट्रेलियाली रोजगारदाता दोषी ठहर

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ असोज २३ शुक्रबार १४:१६:००

एक बेल्जियमी घुमन्तेलाई गैरकाननी काममा लगाएर मृत्यु भएको मुद्दामा एक अस्ट्रेलियाली रोजगारदाता दोषी ठहरिएका छन् ।

ती मृत्यु भएका बेल्जियमी घुमन्तेलाई अस्ट्रेलियाको एक कृषि उद्योगले फलफूल टिप्ने काममा लगाएको थियो । त्यस क्रममा उनको मृत्यु भएको थियो ।

विकसित देशहरूमा विश्वका कम विकसित देशबाट आएका नागरिकलाई गैरकानुनी रूपमा कठोर काममा लगाउने गरेको आरोप लाग्दै आएको छ । 

उनीहरूले कम पैसामा कठोर काममा ती आप्रवासी नागरिकलाई लगाउने गरेको आरोप उनीहरूमाथि छ । यस घटनाले पनि यो उजागर पारेको छ । 

मृत्यु भएका ती कामदार फलफूल टिप्ने क्रममा अतिगर्मीका कारण गम्भीर बिरामी भएका थिए । उनलाई अस्पताल पुऱ्याइएको भए पनि उनको तत्काल अस्पतालमा मृत्यु भएको थियो । 

ओलिभर म्याक्स करामिन नाममा ती २७ वर्षीय युवाको सन् २०१७ मा क्विन्सल्यान्ड अस्पतालमा मृत्यु भएको थियो । ती युवाले उक्त रोजगारदाता कृषि फार्ममा जम्मा तीन दिन मात्र काम गरेका थिए । त्यति छोटो अवधिमा नै उच्चगर्मीका कारण उनी गम्भीर बिरामी भएका थिए । 

ब्राडफेर्ड क्लार्क रोस्टन नामका रोजगारदातालाई दोषी ठहर गरी करिब ५२ लाख रुपैयाँ जरिवाना भएको बिबिसीले जनाएको छ । 

अस्ट्रेलियाली फलफूल फार्ममा काम गर्ने कामदारको अवस्थालाई लिएर ती कम्पनीमाथि ठूलो आलोचना हुँदै आएको बिबिसी विश्व सेवाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।