मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हु सिजिन
२०७७ असोज २२ बिहीबार ०६:०५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जटिलताको असर चीनको स्थिरतामा पर्दैन 

Read Time : > 3 मिनेट
हु सिजिन
२०७७ असोज २२ बिहीबार ०६:०५:००

चीनका पनि आफ्ना पहेली छन्, तर आजको चीनसँग केही स्पष्ट सबल पक्ष छन्, चीनको स्थान निकै माथि उठिसकेको छ 

साताव्यापी राष्ट्रिय बिदा नजिकिँदै गर्दा कोभिड–१९ प्रकोपयता घरेलु उपभोग र पर्यटनमा चीनले विश्वमै मजबुत पुनरुत्थान साक्षात्कार गरेको छ । अहिलेको चीनको राष्ट्रिय बिदाको उत्सव विगतको उचाइमा भने हुनेछैन, तैपनि अन्य प्रमुख अर्थतन्त्रहरू भने चीनको ईष्र्या गर्दै छन् । चीनले पूरै विश्वलाई चकित पारेको छ । अधिकांश चिनियाँ यस जीवन्त एवं उल्लासमय बिदाको सधैँ पर्खाइमा हुन्छन् । 

तर, हामीले बिदाको मजा लुटिरहँदा विश्वका केही भाग भने एकपछि अर्काे आघातबाट गुज्रिँदै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमणले जति कोभिड–१९ महाव्याधिको गम्भीरतालाई केले पो पुष्टि गर्ला र ! यो स्वास्थ्य संकट थुप्रै मुलुकमा अझै गम्भीर चुनौतीका रूपमा छ । यसबाहेक, ट्रान्सककेसियन क्षेत्र नागोर्नाे–काराबाखमा युद्ध चर्किंदै र जनधनको क्षति बढ्दै छ । त्यस्तै, चीनको छिमेकी मुलुक क्रिर्गिस्तान संसदीय निर्वाचनलाई लिएर गम्भीर विवादमा फसी ठुलो स्तरको राजनीतिक संकटतर्फ एकाएक घकेलिएको छ । विपक्षी प्रदर्शनकारीले ह्वाइट हाउस भनेर चिनिने त्यहाँको संसद् तथा राष्ट्रपति कार्यालय रहेको सरकारी भवनसमेत नियन्त्रणमा लिएका छन् । नागोर्नाे–काराबाखमा लडिरहेका अजरबैजान र अर्मेनियाका साथै क्रिर्गिस्तानसमेत तीनैवटा मुलुक तत्कालीन सोभियत गणराज्य हुन् । नागोर्नाे–काराबाख द्वन्द्व सोभियत संघ विघटनदेखिकै हो । क्रिर्गिस्तान पनि सोभियत संघको पतनलगत्तै राजनीतिक खिचातानीमा फसेको हो । यी दुवै परिघटनालाई सोभियत संघ विघटनकै दुष्परिणामका रूपमा लिन सकिन्छ ।

सोभियत संघ विघटन भएको लगभग ३० वर्ष भइसक्यो, अझै पनि केही पूर्वसोभियत मुलुक नयाँ एवं व्यावहारिक मार्ग पहिल्याउन सकिरहेका छैनन् । त्यस ऐतिहासिक विघटनका कारण उनीहरू आफू–आफूबीच भौगोलिक विवादमा फसेका छन् । यसबाट अनगिन्ती मानिसको जीवन प्रभावित भइरहेको छ । आखिर एउटा मान्छेको जीवनमा ३० वर्ष निकै ठूलो समय हो । मानव समाजको सुव्यवस्था नाजुक बन्दै गएको प्रतीत हुन्छ । अशान्ति हाम्रो जीवनमा कुनै पनि समय हाबी हुन तत्पर छ । पूरै बेचैनी र चिन्ताग्रस्त बाह्य सामरिक वातावरणमा चीन परिवर्तनका बीच पनि विकसित हुँदै छ । घरेलु एवं बाह्य वातावरणका सबै जटिलताका बाबजुद चीनले आफ्ना जनतालाई सापेक्षिकरूपले स्थिर सुव्यवस्था दिएको छ । यसलाई सबै चिनियाँ जनताले कदर गर्ने बनाउनु सजिलो छैन ।

केही मुलुकसँग अथाह धन र सबलता छ, तर तिनले विकसित हुन बन्द गरेका छन्, कतिपय त ओरालो लाग्न थाल्दै छन् । केही मुलुक तीव्र रूपले विकसित त भइरहेका छन्, तर ढिलो विकास हुन सुरु गरेका कारण लाभदायी स्थानमा छैनन् । 

कोभिडको महामारीबाट अमेरिकाले दुई लाखभन्दा धरैको जीवन गुमाइसकेको छ । युरोपले कोरोना भाइरस संक्रमणको कडा पुनरागमनको सामना गर्दै छ, अधिकांश सार्वजनिक स्थल फेरि धमाधम बन्द गरिँदै छन् । नागोर्नाे–काराबाख र क्रिर्गिस्तानहरू रत्तपातपूर्ण झडप र अव्यवस्थाबाट गुज्रिँदै छन् । जबकि यी सबै मुलुक र क्षेत्रको कुल जनसंख्या चीनको जति पनि पुग्दैन । थुप्रै मानिस चीनले पनि सोभियत संघकै जस्तो नियति भोग्ने कल्पना गर्छन् । पक्कै पनि चीनले थुप्रै पासोको सामना गरिरहेको छ । यसर्थ, कुनै सुपर ट्रेजेडीमा फस्नबाट बच्न चीन हरेक पक्षमा खुवै सावधान रहनैपर्छ । विशाल जनसंख्यायुक्त भारत संक्रमणको संख्यामा अमेरिकालाई उछिन्दै छ ।

जनगणतन्त्र चीनले ठूलो उपलब्धि हासिल गरेकैले हामीलाई गरिबीबाट उच्च जीवनस्तरतर्फ उकास्दै लगेको हो । मलाई थाहा छ, थुप्रै मानिस अझै पनि सन्तुष्ट छैनन् । उनीहरू चीनले अझै तीव्र गतिमा प्रगति हासिल गरोस् भन्ने अपेक्षा राख्छन् । तर, प्रस्थानबिन्दु कसैको पनि वशमा हुँदैन, चाहे त्यो व्यक्ति होस् वा समाज । तर, हामी प्रगतिको तुलनात्मक गतिलाई भने चुन्न सक्छाँै नि ! मसँग ६० वर्षको अनुभव छ र धैरेजसो मुलुकको भ्रमण गरेको पनि छु । यसबाट पाएको सबभन्दा ठूलो अन्तज्र्ञान के हो भने कुनै पनि मुलुक पर्फेक्ट (सर्वगुणसम्पन्न) छैन । केही मुलुकसँग अथाह धन र सबलता छन् तर तिनले विकसित हुन बन्द गरेका छन्, कतिपय त ओरालो लाग्न थाल्दै छन् । केही मुलुक तीव्र रूपले विकसित त भइरहेका छन्, तर ढिलो विकास हुन सुरु गरेका कारण लाभदायी स्थानमा छैनन् । हरेक मुलुकका आफ्नै अप्ठ्यारा छन् । 

चीनका पनि आफ्ना पहेलीहरू छन् । तर, आजको चीनसँग केही स्पष्ट सबल पक्ष छन् । दशकौँको विकासपछि, आर्थिक तथा सामाजिक विकासबाट हाम्रो स्थान निकै माथि उठिसकेको छ । यसबीच चीनले प्रगतिलाई कायम राख्ने सक्षमता हासिल गरेको छ । गत तीन वर्षयता अमेरिका चीनविरुद्ध आक्रामक छ । तर पनि त्यसबाट चीनको विकासको गति र समस्या निरुपणको क्षमता फिक्का भएको छैन ।

कोभिडको महाव्याधिले मुलुक र क्षेत्रहरूको समग्र क्षमताको परीक्षण गर्दै छ । यसर्थ, म केही चिनियाँ नागरिकको निश्चित खालको असन्तुष्टिलाई त बुझ्छु तर किन केही मानिस हाम्रो मुलुकलाई सबै ढंगले गाली र विरोध गरिरहेका छन्, त्योचाहिँ बुझ्न सकिरहेको छैन । प्रायः विद्वान्हरू नै बच्कना र गोलमटोल तर्क दिइरहेका हुन्छन् । ती विरोध मूलतः पश्चिमलाई साह्रै सुन्दर देख्ने र चीनलाई पश्चिमी शक्तिको आँखाबाट हेर्दाको अल्पज्ञानबाट निःसृत हुन् । ती मानिस तथ्यबाट भड्किएका र गम्भीर रूपले मनोगत छन् । उनीहरू गल्ती गरिरहेका छन्, यसले उनीहरूलाई भोलि पश्चाताप हुनेछ ।

(सिजिन ग्लोबल टाइम्सका प्रधान सम्पादक हुन् )
ग्लोबल टाइम्सबाट