Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असोज २१ बुधबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ असोज २१ बुधबार १७:३०:००

जाजरकोटस्थित जुनिचाँदे गाउँपालिका– १ ओलभिरमा भे.१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित कृति शाही,  ख्यामबहादुर शाही, वडा ५ की  मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र  रेग्मीले जानकारी दिए । 

जुनिचाँदे कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा रहेका जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् ।