१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २१ बुधबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आयोगद्वारा राप्रपा एकीकरणलाई मान्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २१ बुधबार १६:१५:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।

अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुसी व्यक्त गर्दै ०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकीकृत गर्न सकेकोमा खुसी व्यक्त गर्दै गौरव लागेको बताए । 

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहनेछ र चुनावचिह्न ‘हलो’ हुने भएको छ ।

अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्पसमेत गरेका छन् ।

निर्वाचन आयोगलाई धन्यवाद दिँदै थापाले सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘अब राप्रपाको झण्डामा ‘गाई’ रहनेछ र चुनावचिह्न ‘हलो’ हुनेछ। राप्रपाको चुनावचिह्न जनतासम्म पुऱ्याउने प्रचार अभियानअन्तर्गत मेरो सामाजिक सञ्जालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु। पार्टीका साथीहरूलाई पनि सोबमोजिम गर्न आग्रह गर्दछु ।’