Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २१ बुधबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रस्तावित तीन राजदूतका लागि संसदीय समितिद्वारा उजुरी आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २१ बुधबार १५:३०:००

संसदको संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरू युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको बुधबार बसेको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

समितिले बिहिबारबाट लागू हुनेगरी उजुरीका लागि १० दिनको म्याद दिएको छ।

खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिका, पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।त्यस्तै, रेग्मीलाई बेलायतका लागि आवासीय, गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गरिएको छ।

डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे लगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरिएको छ।