Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २१ बुधबार १०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री पाण्डेकाे ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २१ बुधबार १०:१४:००

पूर्वमन्त्री रमेशनाथ पाण्डेद्वारा लिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा आएको छ  । 

लेखकले २००७ सालको प्रजातन्त्रका लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमानसम्मको राजनीति, यसका भौगोलिक–सामरिक कारण र आउन सक्ने परिणामबारे पुस्तकमा विस्तारमा उल्लेख गरेका छन् । 

पुस्तकबारे लेखक पाण्डे भन्छन्, ‘२००७ सालको परिवर्तनबारे सुनेका वा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैँ संलग्न भएका युवाका लागि पुस्तक रुचिकर र उपयोगी हुन्छ ।’

पुस्तकमा बिपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठीलगायत अन्य हस्तलिखित दस्ताबेजसमेत समावेश छन् । 

लेखकको यसअघि प्रकाशित पुस्तक ‘कूटनीति र राजनीति’ले पनि चर्चा पाएको थियो । उक्त पुस्तकको छैटौँ संस्करण पनि ‘क्रान्ति र प्रतिक्रान्ति’ सँगै बजारमा उपलब्ध हुनेछ । पुस्तकको मूल्य ७९५ र पृष्ठ ५५६ रहेको छ ।