मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २१ बुधबार ०९:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 डा. केसीको समर्थनमा महोत्तरीमा धर्ना

Read Time : < 1 मिनेट
२०७७ असोज २१ बुधबार ०९:०५:००

डा. गोविन्द केसीको २३औँ दिनको अनशनमा नेपाली कांग्रेस महोत्तरीले २३ मिनेटको सांकेतिक धर्ना दिएर समर्थन जनाएको छ । कांग्रेसको सूचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य बजरंग नेपालीको नेतृत्वमा  उक्त धर्ना कार्यक्रम गरिएको हो ।

डा. केसीको माग तत्काल सम्बोधन हुनुपर्ने भन्दै सांकेतिक धर्नामार्फत सरकारको ध्यानाकर्षण गराइएको नेपाली कांग्रेसको  सूचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य बजरंग नेपालीले जनाए । उनले डा. केसीले जायज माग उठाए पनि सरकार उक्त माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै सरकारसँग माग सम्बोधन गर्न अपिल गरेका छन् ।

प्लेकार्डसहित जलेश्वर बुद्धिजीवी चोकमा गरिएको उक्त सांकेतिक धर्ना कार्यक्रममा नेपाली कांग्रेस र नेविसंघका अन्य नेता तथा सदस्यहरूकाे सहभागिता रहेकाे थियो ।