मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज २१ बुधबार ०७:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उपेन्द्र पौड्याल नबिल बैंकको अध्यक्ष

Read Time : < 1 मिनेट
२०७७ असोज २१ बुधबार ०७:१०:००

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । २०७४ सालमा सञ्चालकका रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो । 

पौड्याल पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधिसमेत रहेको बैंकले जनाएको छ । विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको जनाइएको छ । नेसनल बैंकिङ इन्स्टिच्युटको निर्देशक रहेका उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित रहेको बैंकले जनाएको छ । 

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव सँगालेका पौड्याल यसअघि एनएमबि बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

उनले सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए ।

जुन अहिले स्ट्यान्डर्ड चार्टर्ड बैंक भएको छ । पौड्यालले त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएमबिमा १७ वर्ष सेवा गरेको जनाइएको छ ।