मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज २० मंगलबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारी आन्दोलनमा 

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार १८:२९:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारीले तत्काल करार गर्न माग गर्दै उपकुलपति र रजिस्ट्रारको कार्यालयमा मंगलबार नाराबाजी गरेका छन् । उनीहरूले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेस्टहाउस दुरुपयोग गरेको, अनावश्यक एक लाख तलब लिएको भन्दै प्लेकार्डमा लेखेर विरोध जनाएका थिए । उनीहरूले एकलाखे सल्लाहकार चाहिँदैन, प्रतिष्ठानको सम्पति दुरुपयोग गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए । 

उनीहरूले रजिस्ट्रार प्राडा मोहनचन्द्र रेग्मीलाई मागपत्रसमेत बुझाएका छन् । ज्यालादारी कर्मचारीले दुई वर्ष समय पुगेका कर्मचारीलाई तत्काल करार गर्न, जोखिम भत्ता उपलब्ध गराउन, कर्मचारी समाजको निर्वाचन गराउन, ठेकेदारलाई दिएको कोठा खाली गर्न, आन्तरिक बढुवा चाँडो गर्न माग गरेका छन् । साथै कर्मचारी, नर्सिङ, प्राविधिकहरूलाई पनि तुरुन्त कोठा उपलब्ध गराउन, मनपरी सरुवा बन्द गर्न, प्रतिष्ठानको सम्पत्ति दुरुपायोग बन्द गर्न पनि माग गरेका छन् । 

प्रतिष्ठानमा दैनिक ज्यालादारी एक सय २० जना कार्यरत रहेको आन्दोलनमा सहभागी जुनियर फोरम्यान किरण भट्टराईले जानकारी दिए । एक साताभित्र आफूहरूको माग पूरा नभए अनशन बस्ने भट्टराईले चेतावनी दिए । 

रजिस्ट्रार प्राडा रेग्मीले ज्यालादारी कर्मचारीको जायज मागलाई सुनुवाइ गरिने बताएका छन् ।  कोरोना बिमा भइसकेको जानकारी पनि उनले दिएका छन् ।