मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २० मंगलबार १४:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिमण्डल पुनर्गठन टुंगो लगाउने सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २० मंगलबार १४:०८:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्दै छ । अपराह्न ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

यसअघि यही ६ असोजमा नेकपाको सचिवालय बैठक बसेको थियो, त्यसयता सचिवालय बैठक बस्न सकेको छैन । 

सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्न गरेको निर्णय नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरी टुंगो लगाउने प्रयास गरेका थिए ।

तर, दुई अध्यक्षबीच पटक–पटक यसबारे छलफल भए पनि कुन–कुन मन्त्रीलाई फेरेर को–कसलाई मन्त्री बनाउने भन्नेमा ठोस सहमति भने हुन सकेको छैन । 

सोमबार बसेको दुई अध्यक्षबीचको छलफल सहमतिनजिक पुगेकाले आजको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठनको टुंगो लगाउने स्रोतले जनाएको छ ।