१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २० मंगलबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानका सुरक्षागार्ड नै चोरीमा संलग्न

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार ११:३६:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाका लागि खटिएका सुरक्षागार्डले नै बिमारी कुरुवाको पैसा चोरी गरेका छन् । 

सुनसरी बराहक्षेत्र– २ की दिलकुमारी राईको लेडिज पर्सबाट नगद ४८ हजार चोरी गरेका हुन् । 

उनको आफन्तलाई फिस्टुलाको समस्या भएर प्रतिष्ठान ल्याइएको थियो । अप्रेसनका लागि सर्जरी वार्डको युनिट ३ ब्लकमा राखिएको छ ।

भिआइपी सेक्युरिटीका सो क्षेत्रमा खटिएका धरान– ११ का सुरज श्रेष्ठले बिरामीका आफन्तको रकम चोरी गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 

श्रेष्ठलाई राति नै बिमारी कुरुवाको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार श्रेष्ठले पर्स मोबाइल क–कसकाे छ सुरक्षित राख्नुहोला, चोरी भए म जिम्मेवार नहुने भन्दै सचेत गराएका थिए । 

सबै सुतेपछि आरोपी श्रेष्ठले ती महिलाको सिरानीमा राखेको पैसा भएको पर्स निकाली ट्वाइलेटको भेन्टिलेटरबाट पैसा बाहिर निकाली पर्स पुनः सिरानीमा राखिदिएका थिए । 

‘अर्को क्याबिनमा बसेका एकजना बिमारीका आफन्तले देखेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् । 

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीका आफन्तले पटकपटक यस्तै प्रकारको चोरी हुने गरेको बताउने गरेका छन् ।