१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार २१:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कारको घटना पाँच सयमा मिलापत्र गराउने ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार २१:१४:००

बझाङमा बलात्कारको घटनालाई गाउँमै मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् । प्रहरीले मष्टा गाउँपालिका– २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला बोहरा, बिरु दमाईं र वडा नं. ३ का धौल दमाईंलाई पक्राउ गरेको हो ।

गत २९ साउनमा मष्टा गाउँपालिका– २ की १३ वर्षीय बालिकालाई घट्ट गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबर्जस्ती करणी गरेका थिए । ३१ साउनमा गाउँलेहरूले बोहराबाट पाँच सय रुपैयाँ तिराई माफी मगाएर बलात्कारको घटना छिपाएका थिए । तर, डेढ महिना नबित्दै तिनै राजेन्द्र बोहराले १२ वर्षीय सम्झना कामीको बलात्कारपछि हत्या गरेपछि बलात्कारको घटनामा मिलापत्र भएको सार्वजनिक भएको थियो । 

पक्राउ गरिएकाविरुद्ध कानुनबमोजिम कारबाही अघि बढाउने डिएसपी रूपक खड्काले जानकारी दिए । बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका बोहराले सम्झनाको बलात्कारपछि हत्यासमेत आफैँले गरेको स्वीकार गरिसकेका छन् ।