Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/एएफपी
२०७७ असोज १९ सोमबार १५:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोनाबाट विश्वभर १० लाख ४१ हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ असोज १९ सोमबार १५:२३:००

कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट विश्वचर मृत्यु हुनेको संख्या १० लाख ४१ हजार आठ सय ९३ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबारसम्ममा विश्वभर कोभिड– १९ संक्रमितको संख्या तीन करोड ५४ लाख ६ हजारभन्दा बढी भएको छ । 

कुल संक्रमितमध्ये दुई करोड ६६ लाख ३१ हजारभन्दा बढी निको भइसकेका छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६६ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ । कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार ६ सय ११ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । 

यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ । कोरोना संक्रमणमा तेस्रो स्थानमा रहेको ब्राजिलमा ४९ लाख १५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख १५ हजारभन्दा बढी संक्रमित रहेका छन् । यहाँ २१ हजार तीन सय ५८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।  

 युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ ।