Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार १३:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा अध्यक्ष राणाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार १३:३५:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति सार्वजनिक गर्न माग गरेका छन् । 

प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय भएको जनाउँदै आइसोलनमा बस्नु पर्ने, नपर्नेबारे सरकारले औपचारिक जानकारी गराउन उपयुक्त हुने बताएका छन् । 

प्रधानमन्त्रीका निकट सहयोगी, सल्लाहकार तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि उनको अवस्थाबारे आम चासो बढेको छ । सरकार प्रमुखको स्वास्थ्य अवस्था सुुसूचित गर्ने विश्वव्यापी प्रचलन रहेको राणाले ट्विटरमार्फत उल्लेख छ ।  

उनले ट्विटरमा लेखेका छन्,‘प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । विश्वव्यापी प्रचलन यस्तै छ ।’ 

प्रमको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो। प्रम केपी ओलीका सल्लाहकार स्वकीय-सचिव सुरक्षाकर्मी कोरोना संक्रमित भएबाट प्रम स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो। विश्वव्यापी प्रचलन यस्तै छ।

— Pashupati Shumshere (@PashupatiShams) October 5, 2020