मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १८ शुक्रबार
  • Friday, 02 July, 2021
रासस/एएनआई
२०७७ असोज १९ सोमबार १२:३३:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट

भारतमा कोरोनाबाट एक लाख दुई हजारभन्दा बढीको मृत्यु, संक्रमित ६६ लाख पुगे

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज १९ सोमबार १२:३३:००

भारतमा पछिल्लो २४ घन्टनमा ७४ हजार चार सय ४२ जना कोरोना  संक्रमित थपिएका छन् । साथै यस अवधिमा नौ सयजनाको मृत्यु भएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कुल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म एक लाख दुई हजार ६ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् ।

५५ लाख ८६ हजार कोरोनामुक्त
यस्तै भारतमा ५५ लाख ८६ हजार व्यक्ति कोरोनामुक्त पनि भएका छन् । यहाँ अझै नौ लाख ३४ हजार मानिस सक्रिय संक्रमित छन् ।  सर्वाधिक प्रभावित महाराष्ट्रमा दुई लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ३८ हजारभन्दा बढीको ज्यान गएको छ । यस्तै कर्णाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र नौ हजार दुई सय ८६ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म सात करोड ९९ लाख नमुना परीक्षण गरेको जनाएको छ ।