Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १९ सोमबार ०४:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु

Read Time : < 1 मिनेट
२०७७ असोज १९ सोमबार ०४:५४:००

 मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानलाई प्राथमिकतामा राख्दै ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । सेवाको बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर सुरुवात गरेकी हुन् । 

किसानलाई सहज रूपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्न मेगा किसान कार्ड प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

बैंककी सिइओ खुञ्जेलीले यो सेवा कृषि क्षेत्रमा नेपालकै नवीनतम बैंकिङ सुविधा रहेको बताइन् । उनले भनिन्, ‘मेगा किसान कार्डमार्फत किसानहरूले आफूलाई आवश्यक पर्ने मलखाद, बिउबिजनलगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरू तोकिएका कृषि सेवाकेन्द्रबाट खरिद गर्न सक्नेछन् ।’

 व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघिदेखि नै प्राथमिकता दिँदै आएकोे बैंकले जनाएको छ । कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरूको कृषि उत्पादकत्व वृद्धि गराउने अभियानलाई प्रभावकारी बनाउन बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनसँग सम्झौतासमेत भइसकेको जनाइएको छ ।