१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज १९ सोमबार ०४:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाका ग्राहकले सुजुकी मोटरसाइकल किन्दा छुट पाउने

Read Time : < 1 मिनेट
२०७७ असोज १९ सोमबार ०४:०३:००

एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भिजी आटोमोबाइल प्रालिबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा मूल्यमा छुट पाउने भएका छन् । मोटरसाइकल खरिदमा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी १५ हजार रुपैयाँ छुट पाउने भएका हुन् । 

छुट दिने सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा भिजी आटोमोबाइलका उपमहाप्रबन्धक धिरज भट्टराईले हस्ताक्षर गरेको बैंकले जनाएको छ । यो योजना ५ मंसिरसम्म लागू हुने जनाइएको छ । 

बैंकका ग्राहकले क्रेडिट कार्ड उपभोग गर्नका लागि अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको बैंकले जनाएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न बैंकले मोबाइल बैंकिङ वा डेबिट–क्रेडिट कार्ड प्रयोगकर्तालाई देशभरका २ हजार ३ सयभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बैंकले जनाएको छ । 

बैंकले देशभर ३ सय २६ शाखा, ४ सय ६८ एटिएम, १ सय ३ वटा एवं ६४ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।