मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १८ आइतबार १६:१०:००
Read Time : > 1 मिनेट
सप्तरंग

कलाकार बुद्धि तामाङ भन्छन्– साथीभाइको मन राख्न मात्रै म्युजिक भिडियोमा खेल्छु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १८ आइतबार १६:१०:००

कलाकार बुद्धि तामाङ नेपाली दर्शकका लागि नौलो नाम होइन । उनले नेपाली दर्शकमा बेग्लै खालको छाप राखेका छन् । लामो समयसम्म जारी लकडाउनका कारण विश्वभरकै मनोरञ्जन क्षेत्र प्रभावित भएको छ । यो अवस्थामा नेपाली कला क्षेत्र अछुतो हुने भन्ने सवाल नै भएन । यद्यपि, कलाकारहरूले विभिन्न माध्यममार्फत आफ्नो कला प्रस्तुति र आम्दानी गरिरहेका छन् । कलाकार तामाङले पनि यसबीचमा ६ वटा म्युजिक भिडियोमा अभिनय गरेको बताए । 

भनिन्छ, कलाकारले पैसाका लागि म्युजिक भिडियो खेलिरहेका छन् । चल्तीका कलाकारहरू पनि म्युजिक भिडियोमा रमाइरहेका छन् । एक दिनमै सकिने, पारिश्रमिक पनि राम्रै पाइने भएकाले म्युजिक भिडियोतिर कलाकार लोभिएको भन्ने गरिन्छ । तर, तामाङको सवालमा भने यो भनाइ लागू नहुँदो रहेछ । उनले भने, ‘कलाकारिता पेसा भएकाले म्युजिक भिडियो पनि त्योभन्दा फरक त होइन, तर मचाहिँ धेरै साथीभाइका गीतमा खेलिरहेको हुन्छु । त्यो पैसाकै लागि भन्दा पनि साथीभाइको मन राखिदिन र अलिअलि पकेट खर्च पनि हुने भएकाले हो ।’ 

तामाङले यस वर्षको दसैँ गाउँकै घरमा मनाउने योजना बनाएका छन् । काभ्रे गएर पारिवारिक भेटघाट र साथीभाइसँग रमाउने उनी बताउँछन् । उनका दुईवटा चलचित्र पाइपलाइनमा छन् । तर, सुटिङ मिति यकिन भने छैन । ‘दुई नम्बरी’ आउँदो माघ–फागुनतिर मात्र सुटिङ गर्ने योजनामा निर्माण टिम छ । दुई नम्बरीमा भुटानी अभिनेत्री भएकाले पनि सुटिङ अलि पछि हुने बुझिएको छ । 

तामाङको अर्को चलचित्र ‘कृष्णलीला’चाहिँ चाँडै नै फ्लोरमा जाने भनिए पनि अनिश्चित बनेको तामाङ बताउँछन् । यता मण्डला नाटकघरमा नाटकका लागि पनि तयारी गरिरहेका छन् । भन्छन्, ‘पहिलो लकडाउन गाउँमै बिताएँ । खुलेपछि यता आएर साथीभाइसँग बसेर अब राम्रो नाटक गर्ने योजना बनाएका छौँ ।’