१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २१ सोमबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार

अन्ना हजारेलाई गोविन्द केसीको चिठी, सत्याग्रहलाई समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २१ सोमबार १४:३२:००

भारतमा ६ दिनदेखी सत्याग्रहमा रहेका ८१ वर्षीय अन्ना हजारेको सत्याग्रहलाई डा. गोविन्द केसीले समर्थन गरेका छन् । भ्रष्टचारको विरोधमा 'जन आन्दोलन सत्याग्रह' गरिरहेका अन्नालाई सोमबार पत्र लेख्दै गोविन्द केसीले ऐक्यबद्धता जनाएका हुन् ।

पत्रमा भनिएको छ, 'तपाईले थालेको सत्याग्रहले विश्वभरका लाखौं मानिसलाई भ्रष्टचारको विरुद्धमा उभिने साहस दिएको छ । भ्रष्टचारले नै सरकारको  सुशासनलाई अवरोध गर्ने र आसेपासे पुजीँवादलाई बढावा दिएकाे छ ।'  देशको बेथीति र भ्रष्टचारको विरोधमा आफूपनि ७ वर्षअघिदेखी सत्याग्रह गर्दै आएको केसीले अन्नालाई लेखेको चिठीमा उल्लेख छ ।