मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई लन्डन
२०७७ असोज १८ आइतबार १३:४३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै 

Read Time : < 1 मिनेट
रासस/एएनआई लन्डन
२०७७ असोज १८ आइतबार १३:४३:००

बेलायतमा फेरि पनि कोरोना संक्रमित बढ्न थालेका छन् । 

बेलायतमा गएको २४ घन्टायता मात्र करिब १२ हजार आठ सय ७२ जना काेरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरूको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर हो ।

गएको शुक्रबार मात्र यहाँ सात हजार एक सय ४३ जना संक्रमित भेटिएकोमा गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झन्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन् ।

बेलायतमा अहिलेसम्म चार लाख ८० हजार १७ जना संक्रमित भइसकेका छन् । शनिबार अकस्मात् ठूलो संख्यामा संक्रमित देखिएकोले संक्रमण दर बढ्दै जाने हो कि भन्ने डर बढाएको छ ।  

काराेनाकाे अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । 

बेलायतमा संक्रमणको दोस्रो वेभ आएको बताइएको छ । त्यसैले यहाँका कतिपय सार्वजनिक सेवाहरूमा पनि कडाइ गरिएको छ ।