मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
इन्द्रबहादुर थापा
२०७५ माघ २१ सोमबार १३:४२:००
Read Time : < 1 मिनेट
प्रदेश

नेपाल कप्युनिस्ट पार्टी विप्लवका सात जना कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा
२०७५ माघ २१ सोमबार १३:४२:००

काभ्रेको बनेपाबाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लवका सात जना कार्यकर्ता पक्राउ गरेको छ । दुई महिने अभियान अन्तर्गत काभ्रेको बनेपामा र्‍याली निकाल्ने क्रममा प्रहरीले कार्यकर्ताहरू पक्राउ गरेको पार्टीका ताम्सालीङ स्वायत्त प्रदेशका प्रमुख माणिक लामाले जानकारी दिए ।

गाउँमा जनचेतना जगाउने, माफीया, घुसखोरी र दलालहरूलाई चेतावनी दिने दुई महिने अभियान रहेको लामाले बताए । पक्राउ परेका कार्यकर्ता माथि प्रहरीले झुट्टा मु्द्दा लगाएकाे उनले उल्लेख गरे ।  

तर विद्यार्थीहरूलाई विद्यालय पोषाकमै जुलुसमा सहभागी गराएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूलार्इ र्‍याली स्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले जनाकारी दिए । एसपी खड्काले भने, ‘साना साना बालबालिकाहरूलाई विद्यालय पोशाकमै आन्दोलनमा सहभागी गराएकाले नियन्त्रण गरेका हौँ ।’