१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असोज १६ शुक्रबार ०९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा बन्द

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असोज १६ शुक्रबार ०९:२१:००

जिल्ला अस्पताल कालिकोटमा शुक्रबारबाट आकस्मिक र प्रसूति स्वास्थ्य सेवाबाहेक अन्य सेवाहरू बन्द गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूति सेवाबाहेक अन्य सेवाहरू बन्द गरिएको हो । 

केही चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएकाले शुक्रबारबाट आकस्मिक र प्रसूति सेवाबाहेक अन्य सेवाहरू बन्द गरिएको गरिएको निमित्त जिल्ला स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले बताए । 

‘स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने, ‘उहाँहरू अहिले सेल्फ आइसोलेसनमा बस्नुभएको छ । कोरोना देखिएका कारणले आकस्मिक र प्रसूति सेवाबाहेक अन्य सेवाहरू प्रभावित भएका छन् ।’

कालिकोटमा थप नाैजनामा कोरोना पुष्टि भएको र त्यसमध्ये सातजना कोभिड विशेष अस्पतालमा भर्ना भएको र दुईजना होम आइसोलेसनमा बसेको निमित्त  जिल्ला स्वास्थ्य व्यवस्थापक महतले जानकारी दिए ।