मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १६ शुक्रबार ०९:१४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

घलेगाउँ होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आगमन खुला

Read Time : < 1 मिनेट
२०७७ असोज १६ शुक्रबार ०९:१४:००

कोभिड-१९ का कारण बन्द रहेको लमजुङको स्मार्ट भिलेज ‘घलेगाउँ होमस्टे’ आन्तरिक र बाह्य पर्यटकका लागी खुला गरिएको छ । एक हप्तादेखि घलेगाउँका होमस्टे खुल्ला गरिएको हो । 

बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

‘६ महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको छ,’ अध्यक्ष घलेले भने । घलेका अनुसार घलेगाउँमा पुग्ने पर्यटकले अनिवार्य रूपमा पिसिआर रिपोर्ट लैजानुपर्नेछ । 

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराइएको बताए । उनले भने, ‘घलेगाउँ पुग्ने आन्तरिक र बाह्य पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।’ 

पर्यटक आगमन खुला गरिएसँगै यहाँ जिल्लाभित्र र जिल्लाबाहिरका पर्यटक पनि आउन थालेका छन् । १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३४ घरमा सञ्चालन गरिएको छ । 

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँमा ०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको थियो। 

घलेगाउँमा नमुना चिया बगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । हिमालको काखमा रहेको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनास्लु, बुद्ध, ङादीचुली (डा. हर्क पिक) हिमाल, गणेशलगायतका दर्जन हिमशृंखला अवलोकन गर्न सकिन्छ ।