१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असोज १५ बिहीबार १९:५९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोरोनाका कारण ज्यान गुमाएका डा. सापकोटालाई कर्णाली सरकारले सम्मान गर्ने

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असोज १५ बिहीबार १९:५९:००

कोरोनाका कारण ज्यान गुमाएका कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. हरि सापकोटालाई कर्णाली प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको छ । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड विपत् व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा चिकित्सकीय सेवामा पुऱ्याएको योगदान र कोरोना प्रकोप रोकथाम र नियन्त्रण प्रतिकार्यमा पुऱ्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । 

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सापकोटालाई ३१ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहीबार निधन भएको हो ।