१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज १५ बिहीबार ०५:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनिग्राम, आइएमई लिमिटेड र आइएमई पेबीच सम्झौता

Read Time : > 1 मिनेट
२०७७ असोज १५ बिहीबार ०५:४८:००

विश्वव्यापी रूपमा रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी मनिग्राम इन्टरनेसनल इन्कले नेपालको अग्रणी विप्रेषण सेवाप्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवाप्रदायक आइएमई पेबीच पिटुपी मनी ट्रान्सफरका लागि समझदारी गरेको छ । विश्वभरिबाट मनिग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सीधै रकम प्राप्त गर्न सुविधाका लागि समझदारी भएको हो ।  

यो समझदारी डिजिटल ट्रान्सफर्मेसनमा मनिग्रामको अर्को महत्वपूर्ण फड्को भएको जनाइएको छ । यसबाट विश्वका २ सय देशमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनिग्रामले प्रदान गरेको आइएमई लिमिटेडले जनाएको छ । 

व्यापार–व्यवसाय वा रोजगारीका लागि विश्वभरि छरिएर रहेका लाखौँ नेपाली नागरिकले मनिग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निकै खुसी लागेको मनिग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजिक सेल्स प्रमुख रिज सोहेलले बताए । कोभिड–१९ को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महŒवपूर्ण रहेको उनको भनाइ थियो ।  

वार्षिक ८ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै  आएको नेपाल रेमिट्यान्समा दक्षिण एसियाकै ठूलो बजार मानिन्छ । मनिग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास व्यक्त गरिएको छ । सेवा सुरु भएको अवसरमा आइएमई डिजिटलले मनिग्राममार्फत आइएमई पे वालेटमा आउने प्रतिट्रान्जेक्सनमा ६० रुपैयाँ क्यासब्याक प्रदान गर्ने जनाइएको छ । यो योजना सन् २०२० भरी कायम हुने कम्पनीले जनाएको छ । 

प्रविधिको प्रयोग गरी विप्रेषण सेवा प्रदान गर्दै आइरहेको मनिग्राम पिटुपी सेवामा अग्रणी कम्पनी मानिन्छ । मनिग्रामले २ सयभन्दा बढी देशबाट उचित सेवाशुल्कमा छिटो–छरितो र विश्वसनीय माध्यमबाट पैसा पठाउने काम गर्दै आइरहेको जनाइएको छ । 

आइएमई लिमिटेडले सेवा सुरु गरेको २०औँ वर्षसम्ममा नेपालका सबै क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले पठाएको रकम नेपालका आफन्तको हातमा छिटो–छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको दाबी गर्दै आएको छ । आइएमई पेको देशभरमा करिब ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको र यसले भुक्तानीसम्बन्धी धेरै प्रकारका सेवा दिँदै आएको जनाइएको छ ।