मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १४ बुधबार २१:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नेपाली शान्ति सैनिकलाई सम्मान

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार २१:५३:००

सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)का लागि सयुक्त राष्ट्रसंघीय शान्ति मिसनका फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल ड्यानियल सिदिकी ट्राओरले नेपाली सेनाले अत्यन्त संवेदशील क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा र सम्मान गरेका छन् । कारमा नेपाली सेनाले हतियारधारी विद्रोही समूहविरुद्ध सशक्त कारबाही गरेको भन्दै उनले उच्च प्रशंसा गरेका हुन् । कारमा बटुक दल गण तैनाथ छ जसको नेतृत्व प्रमुख सेनानी समुन्द्र थापाले गरेका छन् । 

गणले गत फागुन, जेठ र भदौमा हतियारधारी विद्रोही समूहविरुद्ध सशक्त कारबाही गरेको थियो भने विद्रोहीका मुख्य नेतासहित नाैजनालाई हतियारसहित पक्राउ गरेको थियो । जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्न सफल भएको भन्दै फोर्स कमान्डरले कदरपत्र दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आफ्नो ज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पण प्रस्तुत गरेको र विश्व शाान्तिकै लागि नेपालले महत्वपूर्ण योगदान गरेको फोर्स कमान्डरले प्रशंसापत्रमा उल्लेख गरेका छन् ।