मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १४ बुधबार १४:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला दोस्रोपटक कोरोना शून्य जिल्ला

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १४:३५:००

चन्दननाथ नगरपालिका– २ मा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिला निको भएसँगै जुम्ला पुनः कोरोना संक्रमण शून्य जिल्ला भएको छ ।

पहिलोपटक १२ साउनमा सबै संक्रमित निको भएपछि कोरानामुक्त भएको थियो । दोस्रोपटक पुनः जुम्लामा सबै निको भएर संक्रमण शून्य जिल्ला बनेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । 

लकडाउन भएयता यहाँका आठ स्थानीय तहका नौ हजार सात सय ३५ जना नागरिकको स्वाब परीक्षण गर्दा दुई सय २० जनामा संक्रमण देखिएको थियो । संक्रमण देखिएका सबै अहिले निको भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अब लक्षण देखिए मात्र परीक्षण 
संघीय सरकारको निर्देशनअनुसार अब लक्षण देखिए मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 

लक्षण देखिएकालाई निःशुल्क र लक्षण नदेखिएकाले गर्न चाहे शुल्क तिरेर परीक्षण गराउन सक्ने थापाले जानकारी दिए ।