Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १४ बुधबार १२:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

८३ प्रतिशत करणी आफन्तबाटै हुने गरेकाे प्रहरी महानिरीक्षक थापाकाे भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १४ बुधबार १२:१७:००

प्रहरी महानिरीक्षक शैलेश थापाले जबर्जस्तीकरणीका ८२.२७ प्रतिशत घटना आफन्तबाटै हुने गरेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले यस्ताे बताएका हुन् । 

उनले भने, ‘एक, अपराध हुन दिमागमा सोच आउँछ । दोस्रो, त्यसपछि साधन खोज्नुपर्छ । तेस्रो, अवसर उपलब्ध हुनुपर्छ । यी तीन कुरा एकैठाउँमा भयो भने अपराध हुन्छ । हामी यी तीनै चिजलाई एकैठाउँमा हुन दिदैनौँ । जबर्जस्ती करणी आफन्तबाटै हुँदा यी तीन कुराको बीचमा अनुसन्धान गर्न गाह्राे  हुने रहेछ ।’

बलात्कार घटाउन पुलिसको मात्रै प्रयास पर्याप्त नहुने उनले बताए ।

समाजले फौजदारी घटनालाई पनि समाजमै मेलमिलाप गर्दा अपराधलाई मलजल पुगेकोसमेत उनले बताए ।