१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ असोज १४ बुधबार १२:०१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएल : हैदराबादले दिल्लीलाई १५ रनले हरायो

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज १४ बुधबार १२:०१:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत ११औँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । 

अबुधाबी मैदानमा मंगलबार हैदराबादले पहिलो ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर एक सय ६२ रनको योगफल खडा गऱ्याे । 

प्रत्युत्तरमा दिल्लीले २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन बनायो  । हारसँगै चालू आइपिएलमा दिल्लीको लगातार तीन खेलमा जित निकाल्ने सपना तुहियो । 

यता हैदराबादले लिगमा पहिलो जित निकाल्यो । हैदराबादले लगातार दुई खेल गुमाएको थियो । 

हैदराबाद दुई अंकका साथ छैटाैँ स्थानमा उक्लेको छ । चार अंक बटुलेको दिल्ली दोस्रो स्थानमा छ । राजस्थान शीर्ष स्थानमा छ ।

हैदराबादको जितमा अफगानिस्तानका लेग स्पिनर रसिद खानले आइपिएलमै उत्कृष्ट बलिङ स्पेल गरे । उनले चार ओभरमा १४ रन खर्चेर तीन विकेट लिए । यसैगरी भुवनेश्वर कुमारले २५ रन खर्चेर दुई विकेट हात पारे । आइपिएलमा रसिदले तीनपटक १९ रन खर्चेर तीन विकेट लिएका छन् ।

स्लो विकेटमा दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३१ बलमा चार चौका प्रहार गरे । 
यसैगरी कप्तान श्रयर इयेरले १७ रन तथा रिषभ पन्तले २८ रन बनाए । दिल्लीको ब्याटिङ इनिङ्समा सबैले औसत ब्याटिङ गरे । कुनै पनि ब्याट्सम्यानले गतिलो साझेदारी गर्न सकेनन् । 

सो इनिङ्समा पाँच छक्का प्रहार भएको थियो । दिल्लीले ११ अतिरिक्त रन पाएको थियो । यसअघिको ब्याटिङमा हैदरावादका कप्तान डेभिड वार्नर र जोनी वेरिस्टोबीच पहिलो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो । 

वार्नर पहिलो विकेटका रूपमा आउट भए । उनले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४५ रन बनाए । जोनीले ४८ बलमा एक छक्का र दुई चौकाको सहयोगमा ५३ रन जोेडे । 

चालू आइपिएलमै पहिलोपटक प्रतिस्पर्धा गरेका न्युजिल्यान्डका केन विलियम्सनले जोनीलाई गतिलो साथ दिए ।  

विलियम्सनले अवस्थाअनुसार स्ट्रोक छनोट गरे । उनले २६ बलमा पाँच चौका प्रहार गर्दै ४१ रनको योगदान दिए । खेलमा हैदराबादका रसिद खान म्यान अफ दी म्याच भए ।

राजस्थान र कोलकाता भिड्दै
प्रतियोगिताअन्तर्गत बुधबार कोलकाताले राजस्थान रोयल्सको सामना गर्नेछ ।

आइपिएलमा अहिलेसम्म यी दुवै टोलीले २१ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा कोलकाताले १० तथा राजस्थानले १० नै जित निकालेका छन् । 

एक खेल अनिर्णीत भएको छ । तालिकामा राजस्थानले खेलेको दुई खेल नै जित निकालेको छ । राजस्थान शीर्ष स्थानमा छ । 

कोलकाता नाइट राइडर्सले दुई खेलमा एक हार र एक जित नतिजा आत्मसात् गरेको छ । 

कोलकाता अंक–तालिकाको सातौँ स्थानमा छ ।