मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असोज १३ मंगलबार १३:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बिओपी गड्डाचौकीमा कार्यरत सात सशस्त्र प्रहरीमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असोज १३ मंगलबार १३:५८:००

नेपाल-भारत सीमा क्षेत्र कञ्चनपुरको गड्डाचौकीमा कार्यरत सातजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार सेती प्रादेशिक अस्पतालको रिपोर्टअनुसार बोर्डर आउट पोस्ट (बिओपी) गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरीलाई कोरोना देखिएको हो । 

संक्रमित हुनेमा एक महिलासहित ६ पुरुष छन् । यसअघि उक्त नाकामा कार्यरत पाँचजना सशस्त्र प्रहरीमा कोरोना देखिएको थियो । 

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सबैको महाकाली अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको जानकारी दिए । ‘अहिले सातैजना सशस्त्र प्रहरीको उपचार भइरहेको छ,’ अध्यक्ष जोशीले भने, ‘यसअघि आएका पाँचजना निको भएर रिफर भएका छन् ।’ 

बिओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएपछि सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।