मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १३ मंगलबार १२:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् पुनर्गठनको टुंगो लगाउन नेकपाका अध्यक्षबीच छलफल सुरु

Read Time : < 1 मिनेट
२०७७ असोज १३ मंगलबार १२:२०:००

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । केहीबेर अघि अध्यक्षद्वयबीत बालुवाटारमा छलफल सुरु भएको प्रचण्ड सचिवालयका प्रेससंयोजक विष्णु सापकोटाले जानकारी दिए।

आजको छलफलमा पनि मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा एकिकारणका बाँकीलगायतका विषयमा छलफल केन्द्रीत हुने स्रोतले जनाएको छ ।

 मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा अध्यक्षद्वय गत बिहीबारदेखि लगातार छलफलमा छन् । तर, पछिल्लो छलफल भने निष्कर्षविहीन बनेका छन् । अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीमा कुरा मिल्न बाँकी रहेको नेकपा स्राेतले जनाएकाे छ । 

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो । 

त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो । 

निष्कर्षविहीन बनेका पछिल्ला छलफलले ओली-प्रचण्डबीच कति मन्त्री हेरफेर गर्ने, कसरी पार्टीभित्रका पूर्वसमूहहरूको भागबन्डा मिलाउने, मन्त्रालय टुक्य्राउनेलगायतका विषय पेचिलो बन्दै गएको स‌ंकेत गर्छ ।