१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १३ मंगलबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलसहित १९ किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
२०७७ असोज १३ मंगलबार १०:३४:००

सिराहाको सुखीपुर नगरपालिका– ४ कविलासीको बनिनिया चोकबाट सशस्त्र प्रहरीले मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायव निरीक्षक विदेशराज ग्राङ्जामगरको कमान्डमा खटिएको गस्ती टोलीले मंगलबार बिहान चेकजाँचको क्रममा को.२९प १४८७ नम्बरको अपाचे मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक मगरका अनुसार बनिनिया चोकमा चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतिर जाँदै गरेको मोटरसाइकल चढेका एकजना फरार भएपछि मोटरसाइकल र गाँजा नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएको मोटरसाइकल र गाँजा सिलोर्वा पछवारीस्थित प्रहरी चौकीमा बुझाइएको उनले बताए । उनका अनुसार बरामद गरिएको मोटरसाइकल कसको हो भन्ने खुलिसकेको छैन । 

लागुऔषध कारोबारीहरूले सिराहाको उत्तरी क्षेत्र र उदयपुरमा संकलन गरिएका गाँजा भरियालाई बोकाएर दक्षिणी सीमावर्ती क्षेत्रसम्म पुर्‍याउने गरेको बताइन्छ । जिल्लाको जिरोमाइल सुखीपुर सडक, कसहा औरही, मिर्चैया सिराहा सडकखण्डको भित्री बाटो प्रयोग गरीे गाँजा ओसारपसार गर्ने गरेको पाइएको छ ।