मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १७:१९:००
Read Time : < 1 मिनेट
खेलकुद

‘ए’ डिभिजन लिग फुटबल : मच्छिन्द्र क्लब ३-१ गाेल अन्तरले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १७:१९:००

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफले मच्छिन्द्र क्लबलार्इ ३-१ गाेल अन्तरले पराजित गरेकाे छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकाे थियाे । 

एपिएफका लागि अाशिष लामाले खेलकाे तेस्राे मिनेटमा गाेल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको १२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा मच्छिन्द्रका अल्बा एडिमोलाले  १ गोल फर्काए ।  

खेलको  ८८ अाैं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै एपिएफकाे जित सुनिश्चित गरे । ९ खेल खेलेको एपिएफ अङ्क तालीकाको ८ अाैं स्थानमा  छ भने  मच्छिन्द्र ३ अङ्कसहित अङ्क तालीकाको १३औँ स्थानमा छ । 

अाजकाे जितसँगै एपिएफले लिगमा १३ अङ्क जोडेको छ । जारी लिगमा मनाङमर्स्याङ्दी क्लब २४ अङ्कका साथ शीर्ष स्थानमा छ । सङ्कटा क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा भने थ्रिस्टार २१ अङ्कका साथ तेस्रो स्थानमा छ ।