१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार १८:१६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एकमुष्ट आवेदन लिएर पुनर्कर्जा माग्ने अवधि बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार १८:१६:००

बैंक तथा वित्तीय संस्थाले प्रतिऋणी पाँच करोडभन्दा कम रकमका लागि एकमुष्ट आवेदन लिएर पुनर्कर्जा माग्ने अवधि बढाएको छ । समय नपुगेको भन्दै बैंक तथा वित्तीय संस्थाले थप अवधि माग गरेका हुन् । 

३० असोजसम्मको समय दिइएको हो । यसअघि १ भदौमा सूचना जारी गर्दै १४ असोजसम्म एकमुष्ट पुनर्कर्जा माग गर्न समय तोकिएको थियो । 

क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले प्रतिऋणी पाँच करोडभन्दा कमका लागि आउने मागका लागि राष्ट्र बैंकमा एकमुष्ट आवेदन गर्न सकिने व्यवस्था छ । 

कोषको रकमको ७० प्रतिशतबराबर रकम यस्तो एकमुष्ट मागका लागि छुट्याइएको छ । प्रतिग्राहक पाँच करोडदेखि अधिकतम २० करोडसम्मका लागि भने राष्ट्र बैंकमा अलग्गै माग गर्न सक्ने व्यवस्था गरिएको छ ।  
कोषबाट २० प्रतिशत रकम प्रतिग्राहक पाँच करोडदेखि अधिकतम २० करोडसम्मको मागका लागि र १० प्रतिशत लघुवित्त कम्पनीहरूका लागि छुट्याइएको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)ले कम्तीमा एउटा शाखाबाट पाँच ऋणीलाई विशेष, साधारण र लघु जुनसुकै किसिमका पुनर्कर्जा सुविधा दिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । 

हाल बैंक तथा वित्तीय संस्थाको शाखा संख्या पाँच हजार चार सय ४३ को आधारमा कम्तीमा २८ हजार सात सयजनाले यस्तो कर्जा पाउने अपेक्षा गरिएको छ । बैंकरहरूले एकमुष्ट पुनर्कर्जाको माग दिन आनीकानी गरे वा बुझाउन समस्या रहे राष्ट्र बैंकमा गुनासोसमेत गर्न सुझाब दिएको छ ।