मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज १२ सोमबार १७:३८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन सम्पन्न 

Read Time : > 1 मिनेट
२०७७ असोज १२ सोमबार १७:३८:००

अपी पावर कम्पनीले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । सात अर्ब ४० करोड लगानी रहेको आयोजनाका लागि हिमालय बैंक नेतृत्वमा ७० प्रतिशत अर्थात् पाँच अर्ब १८ करोड लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भएको हो । आइतबार अपी कम्पनी र सम्बन्धित बैंकका प्रतिनिधिबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । 

आयोजनामा हिमालन बैंक लिमिटेड एक अर्ब २५ करोड, कर्मचारी सञ्चय कोषले एक अर्ब, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६० करोड तथा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल बंगलादेश बैंकले ७५–७५ करोड लगानी गर्न लागेका छन् । 

ऋणबाहेकको ३० प्रतिशत अर्थात् दुई अर्ब २२ करोड कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गरी दुई चरणमा रकम संकलन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

दार्चुला जिल्ला, अपी हिमाल र मार्मा गाउँपालिका भई बग्ने चमेलिया नदीको पानी उपयोग गरेर ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न लागेको हो ।  अपी हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमो बाँध बनाई ६ किलोमिटर लामो ३ दशमलव २ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत्गृह निर्माण गर्न लागेको छ । आगामी कात्तिक १ गतेबाट निर्माण सुरु गरेर साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

१६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको वलाँच सबस्टेसनमा ल्याई राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य राखेको छ । आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको विद्युत् बिक्रीबाट प्रथम वर्ष  एकअर्ब ६२ करोड आयआर्जन हुनेछ । यस आयमा आठ वर्षसम्म वार्षिक तीन प्रतिशतका दरले वृद्धि हुँदै जानेछ ।