१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असोज १२ सोमबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमण बढेपछि बर्दियामा सवारीसाधन तथा व्यवसाय सञ्चालनमा कडाइ 

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार १४:३१:००

कोरोना संक्रमण दर तीव्र हुँदै गएपछि बर्दियामा सवारीसाधन, उद्योग, व्यवसाय तथा पसल सञ्चालनमा कडाइ गरिएको छ । जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असोज १३ देखि सवारीसाधन र व्यवसाय सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । 

बैठकले सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने, उद्योग, व्यवसाय र पसल बिहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन गर्ने र चारजनाभन्दा बढीको समूहमा हिँड्न निषेध गर्ने निर्णय गरेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले दिनप्रतिदिन जिल्लामा संक्रमितको संख्या तथा मृत्यु हुनेको संख्या बढिरहेकोले जोखिम कम गर्नका लागि केही कडाइ गरिएको बताए । 

जिल्लाका केही स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरिरहेका थिए, तर हालको अवस्थामा विद्यालय सञ्चालन गर्दा संक्रमण बढ्न सक्ने भन्दै विद्यालय सञ्चालनमा समेत रोक लगाइएको छ ।

बर्दियामा हालसम्म कोरोना संक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । हालसम्म बर्दियामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये चार सय ५८ जना निको भएर घर फर्केका छन् ।