मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार १३:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाका अध्यक्षद्वयबीच छलफल : मन्त्रालय टुक्य्राउनेदेखि मन्त्रीहरू हेरफेर गर्नेसम्मका विषयमा केन्द्रित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार १३:०१:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति सन्तुलनका लागि यसअघि बनेको सहमतिअनुसार मन्त्रिमण्डल पुनर्गठनका लागि दुई अध्यक्ष निरन्तर छलफलमा जुटेका छन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अहिले पनि बालुवाटारमा छलफल चलिरहेको छ । छलफल हाल खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त गर्ने, तीनवटा मन्त्रालय टुक्य्राएर ६ वटा बनाउने र करिब एक दर्जन मन्त्रीलाई फेरेर नयाँलाई मन्त्री बनाउने विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ । 

हाल सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री रहेका छैनन् । 

त्यसैगरी ऊर्जा जलस्रोत सिँचाइ, उद्योग वणिज्य र आपूर्ति र भौतिक पूर्वाधार तथा यातायातलाई टुक्य्राएर ६ वटा बनाउने छलफल चलिरहेको स्रोतले जनाएको छ । 

यसअघि तत्कालीन नेकपा एमालेबाट प्रधानमन्त्री बनेका माधवकुमार नेपालका पालामा पनि धेरै मन्त्रालयलाई टुक्य्राएर मन्त्रीको संख्या उच्च बनाइएको थियो । 

साथै दुई अध्यक्षबीच आवश्यकताको सिद्धान्तका आधारमा केही मन्त्री हेरफेर गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको छ । जसमा झन्डै एक दर्जनजति मन्त्रालयका हालका मन्त्री फेरेर नयाँलाई ल्याउने स्रोतले जनाएको छ । 

मन्त्रिमण्डल पुनर्गठनका विषय गत २६ भदौको स्थायी कमिटी बैठकले पास गरेको थियो । 

त्यसयता नेकपाका अध्यक्षद्वय ओली र दाहाल निरन्तर रूपमा यसबारेमा छलफलमा जुटिरहेका छन् । 

छलफलमा कति मन्त्री हेरफेर गर्ने र कसरी पार्टीभित्रका पूर्वसमूहहरूको भागबन्डन टुंग्याउने भन्ने विषय सबैभन्दा पेचिलो बनेको स्रोतले जानकारी दिएको छ ।