मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १२ सोमबार १२:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

तनहुँका आठसहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार १२:३९:००

गण्डकी प्रदेशमा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

थप संक्रमित हुनेमा तनहुँका आठजना छन् । तनहुँका सबै संक्रमित व्यास नगरपालिकाका हुन् । 

नवलपुरका सातजना संक्रमित भएका छन् । त्यसमध्ये गैँडाकोटका चारजना, कावासोतीका दुईजना र देवचुलीका एकजना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

गोरखाको सहिद लाखन थापा, लमजुङको राइनास र स्याङ्जामा एक–एकजना संक्रमित थपिएका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार नवलपुरका सबैजना आइसोलेसनमा छन् । 

स्याङ्जाका संक्रमित मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत छन् । अन्य सबै कन्ट्र्याक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् । 

सोमबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या तीन हजार सात सय ९५ पुगेको छ । 

गण्डकी प्रदेशमा हाल एक हजार ७६ जना सक्रिय संक्रमित छन् । 

संक्रमितमध्ये अहिलेसम्म दुई हजार ६ सय ८९ जना निको भएका छन् । 

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणकै कारण ३३ जनाको ज्यान गुमेको छ ।