मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/एएनआई
२०७७ असोज १२ सोमबार १२:०६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज १२ सोमबार १२:०६:००

भारतमा कम्तीमा ५० लाख कोरोना संक्रमित निको भएका छन् ।  भारतीय सरकारले पछिल्लो समय निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाख निको भएको बताएको हो ।

त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो ११ दिनमा मात्र १० लाखभन्दा बढी संक्रमित निको भएका बताएको छ । सो मन्त्रालयले जुन ३० तारिखमा मात्र १ लाखजना नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको सोमबार विज्ञप्ति प्रकाशित गरेर जनाएको छ ।

भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित निको भएर घर फर्किएको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनमा जनस्वास्थ्यका मापदण्डको पालना गरेका कारण निको हुने दर बढेको पनि विज्ञप्तिमा जनाइएको छ ।