मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ असोज १२ सोमबार ११:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दशकाैँ पुरानाे भूमि–विवादलाई लिएर आर्मेनिया र अजरबैजान युद्धमा होमिए

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार ११:२९:००

भूमिको विवादलाई लिएर विश्वको पुरानो द्वन्द्वरत देशहरू आर्मेनिया र अजरबैजान युद्धमा होमिएका छन् । 

आइतबार युद्धमा परी कम्तीमा २३ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । 

यो हताहती नागोर्नाे–काराबाख क्षेत्रमा भएको जनाइएको छ । 

यो क्षेत्र सुरुदेखि अजरबैजानको अधीनमा रहेको भए तापनि सो क्षेत्रमा आर्मेनियाली जनजातिहरू बसोवास गर्ने गरेका छन् र यो क्षेत्र उनीहरूको नियन्त्रणमा छ । 

सन् १९९० मा भएको युद्धमा यस क्षेत्रमा हजारौँको मृत्यु भएको थियो । 

अजरबैजानका राष्ट्रपति इहाम एलिएभले उक्त क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिनेमा आफू ढुक्क भएको बताएका छन् ।

यी दुई देशका बीच काउकासस हिमाली क्षेत्रलाई लिएर पनि दशकौँदेखि द्वन्द्व निरन्तर चल्दै आएको छ । 

यसै वर्षको गत जुलाईमा भएको दुई देशबीचको झडपमा परी कम्तीमा १६ जनाको मृत्यु भएको थियो । 

दक्षिण काउकासस क्षेत्रबाट हुँदै प्राकृतिक ग्यास ओसारपसार गर्ने पाइपलाइन विश्व बजारमा जोडिएको छ । त्यसैले दुवै देशले यस क्षेत्रलाई महत्वका दृष्टिले हेर्ने गर्दछन् । 

टर्कीका राष्ट्रपति रिसेप ट्आइपी इर्दाेआनले अजरबैजानलाई समर्थन उक्त देशको संप्रभुताका लागि विश्व एक हुनुपर्नेमा जोड दिएका छन् ।